विदेशी च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन

106

काठमाडौं- सङ्घीय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन ऐनको ब्यवस्थाअनुसार आगामी कार्तिक ८ गतेदेखी नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुलाइ बिज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाइ निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार स्वदेशी बजार र टेलिभिजन च्यानलहरुलाइ प्रवर्द्धन गर्न ऐनले तोकेको समय सीमामा सो ऐनको ब्यवस्था लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

यसैगरी ऐनको प्रावधानअनुसार गठन गरिनुपर्ने विज्ञापन बोर्ड समेत यथाशक्य छिटो गठनका लागि समितिले निर्देश गरेको छ । सो अवसरमा समितिको अध्यक्षता गरिरहनुभएकी समिति सभापति कल्याणि कुमारी खड्काले ऐनहरु बनेपनि कार्यान्वयनमा नआउने परिस्थिति हटाउनु पर्ने धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड-१९ का कारण बिज्ञापन बोर्ड गठनमा ढिलाइ भएको उल्लेख गर्दै निर्धारित समयभित्र बिदेशी च्यानलहरुलाइ बिज्ञापनरहित बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।

बैठकमा सञ्चारविज्ञ लक्ष्मण हुमागाईंले नेपालको बिज्ञापन वजार र सञ्चार क्षेत्रलाइ थप गुणस्तरीय बनाउने उद्देश्यले लगभग एक बर्षअघि विज्ञापन ऐन आएको बताउँदै सार्वभौम देशका रुपमा नेपालमा बिदेशी विज्ञापनहरु प्रसारणमा रोक लगाउनुपर्ने स्पष्ट पार्नुभयो ।

सो अवसरमा समिति सदस्यहरुले ऐन बनेको लामो समयदेखी लागु हुन नसकेकोप्रति असन्तोष प्रकट गर्दै सो ऐन छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here