यूईएफए अवार्ड मनोनयनमा परेनन् रोनाल्डो र मेस्सी !

198
एजेन्सी – यूईएफए ‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् । मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नुएर रहेका छन् ।

यूईएफएले सार्वजनिक गरेको मनोनयनमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो अटाएका छैनन् । महिलाको प्लेयर अफ दि इयर अवार्डका लागि ओलम्पिक लुसी ब्रोन्ज, पेर्निल हार्डेर र वेन्डी रिनार्ड परेकी छिन् ।

कोच अफ दि इयर अवार्डका लागि पुरुषतर्फ बायर्नका हान्स डीटर, लिभरपुलका योर्गेन क्लोप र लाइपजिगका जुलियन मनोनयनमा परेका छन् । महिलातर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फवर्गका स्टेपहान लेर्च र ओलम्पिक लियोनेसका जिन लुक मनोनयनमा परेका छन् । अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here