स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने सरकारको निर्णय

52

काठमाडौं- सरकारले कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मी र चिकित्सकको कोरोना बिमा गरिदिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै कोरोना उपचारमा खटिएका र खटिने बसै स्वास्थ्यकर्मीको २५ लाखको बिमा गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्। ‘२०७७ साउन १ देखि लागू हुने गरी कोरोना उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्ने निर्णय भएको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले  जनाए ।

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधामा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो।  यसैबीच सरकारले अझै पनि कोरोना भाइरसको संक्रमण ‘पिक’ अवस्थामा नपुगेको र संक्रमणको जोखिम कायमै रहेको भन्दै सतर्क रहनसमेत आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here