प्रभुकाे नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजना बन्ने

88

काठमाडौं – प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यबस्थापन सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचयकोष र कृषिविकास बैंकले गोरक्ष हाइड्रोपावरद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचयकोषले रु.८५ करोड र कृषिविकास बैंकले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजीमार्फत जुटाउनेछ ।    ऋण संझौतामा सह वित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचयकोषका ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका  थिए ।

धदिङ जिल्लाको रुबी भ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न गरी सकेको छ ।

विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथदिंदै बिद्युत तथा उर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्यबमोजिम बैँकले नेपालभर अहिलेसम्म बिभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँकका कार्यकारी अधिकृत अशोक शेरचनले खुलाशा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here