एकैदिन प्रदेश एकमा चार कोरोना संक्रमितको मृत्यु

39
विराटनगर- प्रदेश १ मा बुधबार एकै दिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड उपचार केन्द्र, बीपीको कोभिड अस्पताल र नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका चारजनाको मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा वृद्धाको मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलका अनुसार वृद्धको दिउँसो १२ः३५ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर अस्पताल ल्याइएको थियो ।

बुधबार बिहान पनि अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको थियो । यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर–२ का ५० वर्षीय सङ्क्रमित पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको छ।

बुधबार बिहान नै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सप्तरीको राजविराजका सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here