खतिवडालाई अमेरिकाको विश्वासपात्र व्यक्तिको रुपमा पनि हेर्न थालिएको छ । सत्तासीन नेकपाका नेता भीम रावलले युवराज खतिवडा जस्तो व्यक्तिलाई अन्य देशमा भए राजद्रोहको अपराधमा जेल हालिएको हुन्थ्यो भनेर एक सार्वजनिक समारोहमा नै अभिव्यक्ति दिएका थिए ।
यसैबीच सरकारले मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । भर्खरै सम्पन्न क्याबिनेट बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर परराष्ट्र सचिव बैरागीलाई मुख्यसचिवमा बढुवा गरेको हो । मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत तोकिएका छन् ।
आजको बैठकमा समावेशी सहभागिताको कुरा उठेकैले कोरिया, ब्राजिल लगायतका देशमा राजदूत तोक्न नसकिएको जनाइएको छ । राजदूत नियुक्ति प्रकरणमा डबल नेकपाभित्र व्यापक रस्साकस्सी भइरहेको छ ।