नेपाल बाहिर कोरोना संक्रमित ९२ प्रतिशत निको भए, २ सय ६६ जनाको मृत्यु

107

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट  विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।

गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको  ज्यान गएको छ।  समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ।

समितिका संयोजक डा संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन। यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक  स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ। समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा  सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरे। उनले कोरोना संक्रमणको आशंका  लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध  गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here