काठमाडाैं – विश्व बैंकले दक्षिण एसियास्तरीय अर्धवार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्व बैंकले विहीबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कोरोना महामारीका कारण २०२० मा ०.२ प्रतिशत मात्रै रहेको नेपालको आर्थिक बृद्धि २०२१ म बढेर ०.६ प्रतिशत पुग्ने आँकलन गरिएको छ । विश्व बैंकको उक्त प्रतिबेदन अनुसार कोरोना महामारीको असर कायमै रहेको कारण दक्षिण एसिया अहिलेसम्मकै सुक्ष्म मन्दीमा डुबेको छ ।
सबै भन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत लाखौंले रोजगारी गुमाएका छन्, जसको कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिँदै गएका छन् । दक्षिण एसियाको आर्थिक संकुचन दर २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आंकलन गरिएको छ । त्यस्तै, २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान गरिएको छ ।
विश्व बैंकका अनुसार अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति सकिनेछैन ।