काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ।
काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार ६८० छ। योसँगै हालसम्म ७३ हजार १२३ पुगेको छ। आज देशभर २७ हजार ५३ जना सक्रिय संक्रमित छन्।