संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताए । उनले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामथ्र्य नभएको बताएको स्मरण गरे । यस्तो अवस्थामा अकस्मात कोभिड १९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उनले बताए ।
नागरिकको स्वास्थ्यमा पहुँच विषयक संयुक्त राष्ट्रसंघीय एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उनले जोड दिए । उनले विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका थिए ।


















