काेभिड १९ काे संक्रमणबाट दश दिनकाे फरकमा दाजुभाईकै निधन

138

काभ्रे -जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ । १० दिनको् फरकमा दुई जना कै मृत्यु भएको हो ।

गत असोज १८ गते ४५ बर्षीय भाईको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने बुधबार राती ५० बर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा मृत्यु भएको परिवारले जानकारी दिएको छ ।
मधुमेह रोगबाट पीडित उहाँलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार रहनुभएका उहाँको एक महिनापछि मृत्यु भएको थियो ।

यसैबीच बनेपा नगरपालिका वडा न ७ का ७७ बर्षीय जेष्ठ नागरिकको घर मै मृत्यु भएको बनेपा आइसोलेसनका डा. शिशिर बञ्जाराले जानकारी दिनुभयो । बुधबार उहाँलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो । पिसिआर परिक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उहाँमा कोरोना पोजेटिभ देखिएको हो । घरमै निधन भए पछि उहाँको अन्त्येष्टीको तयारी भइरहेको जनाइएको छ । जिल्लामा कोरोनका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । -गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here