कविताकृति ‘क’ सार्वजनिक

188

काठमाडाैं – कवि असीम सागरको कविताकृति ‘क’ सार्वजनिक भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रमबिनै सार्वजनिक पुस्तक आइतबारदेखि बजारमा आएको हो।

 मानिसका भोगाइ एवम् जीवनबारे कविता लेख्न रूचाउने कवि असीम सागर नेपाली कविताको क्षेत्रमा परिचित नाम हो। उनका रचनामा आममान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन्। आम आममानिसका समस्या र आफ्नै अनुभवबाट उब्जेका भावलाई कवितामा पोख्ने कवि हुन् असीम सागर। ‘क’ मा संकलित कविताहरु आममानिसका जीवनका दुखाइ र असन्तुष्टिलाई आफ्नै आँसुको मसीले लेखेको उनले जनाए ।

 ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु। भाँच्चिएको छु। दुखेको छु,’ उनले भने, ‘यसरी आफूजस्तै दुखेका हजारौं मानिसका साझा सन्तुष्टि र दुखाइ माथि सत्ताको आँखा र ध्यान जाओस्, बस्, मलाई यत्ति भए पुग्छ,’ उनले भने।

 उनका कविता आग्रह गर्छन्— मजदुरहरुले मुठ्ठी उठाउन्। अँध्यारोमा बसेकाहरुले उज्यालो खोजून्। सपना नदेखेकाहरुले सपना देखून्। र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा।   जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजलसङ्ग्रह) प्रकाशन गरिसकेका उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरङ्ग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) जस्ता पुरस्कार एवम् सम्मान पाएका छन् ।

उनी राष्ट्रिय कविता प्रतियोगिताका विजेतासमेत हुन्।   ‘क’ लाई फाइनप्रिन्टले प्रकाशन गरेको हो। सहसंस्थापक नीरज भारी ‘क’ मा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here