काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर बिनासूचना झ्यापझ्याप बत्ती जान थालेपछि उपभोक्ताले पुनः लोडसेडिङ फर्किएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् ।
‘त्यसपछि प्राविधिक गडबडीबाहेक अन्य अवस्थामा कतै पनि विद्युत् अवरुद्ध हुन्न,’ उनी भन्छन्, ‘हरेक वर्ष वर्षा सकिएपछि प्राधिकरणले मर्मतसम्भारको कामलाई तीव्रता दिने गरेको छ ।’ अघिल्ला वर्षमा पनि दसैंतिहार चाड आउनुअघि मर्मतका लागि विद्युत् अवरुद्ध हुने गरेको उनले जानकारी दिए ।
‘मागअनुसारको विद्युत् प्रणालीमा छ,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।’ दसैंतिहारजस्ता चाडमा उद्योग कलकारखाना बन्द भएर विद्युत् माग घट्ने भएकाले उत्पादित विद्युत्भन्दा कम खपत हुने उनले बताए । ‘मर्मतसम्भार र प्राविधिक गडबडी भएको ठाउँमा मात्रै विद्युत् अवरुद्ध भएको हो,’ उनी भन्छन्, ‘विद्युत् नपुगेर लोडसेडिङ गरिएको छैन ।’
लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भदौ ३१ मा प्राधिकरणबाट बिदा भएपछि पटकपटक विद्युत् अवरुद्ध हुने गरेको सामाजिक सञ्जालमार्फत गुनासो आउने गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।


















