काठमाडौं-संसाभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ करोड ६ लाख नाघेको छ ।
संसारमा सबैभन्दा बढी अमेरिकामा ८४ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २५ हजारको मृत्यु भइसकेको छ ।
भारतमा ७५ लाख संक्रमितमध्ये एक लाख १५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५४ हजारको मृत्यु भएको छ ।


















