जसपाद्वारा जनप्रर्दशन गर्ने

69

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले देशव्यापी जनप्रर्दशन सहितको थप कार्यक्रम सार्वजनिक गरेको छ। पुस २५ देखि एक सातासम्म केन्द्रीय नेताहरु सहभागी भएर देशका प्रमुख शहरमा विरोध प्रर्दशन गरिने जनाइएको छ।

विराटनगर, धनगढी र भैरहवामा पुस २५ मा जनप्रर्दशन गरिने भएको छ। विरगन्ज,नेपालगन्ज र जनकपुरमा पुस २७ मा प्रर्दशन गरिने जसपाले जानकारी गराएको छ।

पोखरा, सुर्खेत र बिर्तामोडमा पुस २९ मा प्रतिनिधिसभा विघटनविरुद्ध जसपाका नेता कार्यकर्ता उत्रने भएका छन्। धरान, मलंगवा, सिरहा, कलैया र तौलिहवामा माघ ३ मा जसपा सडकमा उत्रने भएको छ। प्रमुख सबै सहरमा हुने विरोध प्रर्दशन र सभामा केन्द्रीय नेताहरु सहभागी हुने भएका छन्।

माघ ७ मा सबै जिल्लाका सदरमुकामलगायत प्रमुख सहरमा विरोध प्रर्दशनसहित सभा गरिने कार्यतालिका बनाइएको छ। साथै, जसपाले पुस २१ मा नागरिक समाज,वौद्धिक वर्ग लगायतसँग प्रतिनिधिसभाको विघटनको सन्दर्भमा बृहत् अन्तक्रिया गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here