ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने सैनिक ७० फिट गहिरो खाल्डोमा खसे

138

एजेन्सी / एक ३२ वर्षका सैनिक ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने चक्करमा ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार उनी उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । सैनिक नराम्रोसँग घाइते भए तर उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको छ । सैनिकको नाम सार्वजनिक गरिएको छैन तर उनी ओहूको स्कोफिल्ड बराक्सको बासिन्दा जानकारी दिएको भयो । उनी हवाई आइल्याण्डमा एक अभ्यासमा भाग लिइरहेका थिए । स्थानीय अधिकारीका अनुसार घटना करिब साढे ६ बजेको हो ।

एक प्रत्यक्षदर्शीले अधिकारीलाई यसबारे जानकारी दिएपछि जवानको उद्दार कार्य तत्काल सुरु गरिएको थियो । सैनिकलाई उक्त खाल्डोबाट राती ९ बजेर ४० मिनेट जाँदा निकालिएको जानकारी दिइएको छ । ती व्यक्तिलाई खाल्डोबाट निकालेपछि हवाई यात्रा गराएर हिलो मेडिकल सेन्टर पुर्याइयो । हवाई भोल्क्यानोज नेशनल पार्कका प्रमुख रेन्जर जोन ब्रोवार्डले एक वक्तव्यमा उल्ल्ेख गरेका छन् । उनका अनुसार, ‘पर्यटकहरुले कहिले पनि सुरक्षाका लागि बनाइएका बार पार गर्ने कोसिस गर्नुहुँदैन । यस्तो गर्नु खतरनाक हुनसक्छ र मानिसको मृत्यु पनि हुनसक्छ । ’

किलोइआ भोल्क्यानो अहिले बिस्फोट भइरहेको छैन तर यो एक सक्रिय ज्वालामुखी हो । यो ज्वालामुखीले एक वर्षअघि करिब सात सय घर विनास गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here