काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी वेभसाइट बन्द भएका छन् ।
करिब आधा घण्टादेखि प्राविधिक समस्याका कारण नेपालका सम्पूर्ण सरकारी वेवसाइट बन्द भएका हुन्।
सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ।
सर्भरमा समस्या आएपछि मर्मतको कार्य जारी रहेको र वेवसाइट पुनः संचालनमा आउन अझैं आधा घन्टा लाग्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

















