काेराेना संक्रमित थप दुईको मृत्यु

149
बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाचीको पाणिनी गाउपालिका –७ का ३८ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिनुभयो ।

डा. गौतमका अनुसार तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको हो । उहां कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुनुुभएको थियो ।

अर्घाखाचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो । उहाँ असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here