प्रशान्त डंगाेल टाेखा
निर्दोषी धर्ती त्याग्दैछन छातिमा छुरा रोपाएर
दोषी भाग्न खोज्दैछ छातीमा त्यातु खोपाएर
त्यो ध्रुत जुङ्गा मुछ्दैछन पिपल चौतारीमा
आज मतवालीलाई एक्लै कुटो जोताएर
आज स्वाद लिइ रहे चिर मुद्रामा सुतेर
उसले चाणक्य चटनिमा चिज चोपाएर
व्यापार अफ्नो कोल्तामा पारिहाले उसले
महंगो दशैं, तिहारको माहोल तताएर
महान काम गरेको समझिदैछ उसले
साझा डुङ्गा प्रशान्त महासागरमा दुबाएर

















