आज बजारमा सुनको भाउ २ सय रुपैयाँकाले बढ्याे

76

काठमाडौं । आइतबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here