सेयर बजारमा दोहोरो अंकले गिरावट

464

काठमाडौं । साताको पहिलो दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । गएको साताको पाँचै कारोबार दिन गिरावट आएको बजारमा आज १७.८७ अंकले घटेर परिसूचक ११४०.०१ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचिकृत सबै समूहको उपसूचकमा गिरावट आएको छ । १ सय ६२ कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता सेयर २८ करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त इन्स्योरेन्स कम्पनीको १ करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा रिलायन्स फाईनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा गणपति माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here