भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ती उनले दिएका थिए। वृत्तले अन्य कुरा नखुलाएपनि गौतम पक्राउ गरिएको जनाए । सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


















