उपत्यकामा संक्रमित १ सय ३३८ थपिए

55

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३३८ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार  ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई  कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८८ हजार ८८३  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ५०० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ।आज देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। आज देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ७० जना संक्रमितको मृत्यु भइसकेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here