देशभर कोरोना संक्रमित १९१३ जना थपिए

92

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्।  आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here