काठमाडौं – आज बुधवार बस्ने भनिएको सचिवालय बैठकमा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल उपस्थित हुने भएका छन् ।
गुहमन्त्री निकट एक श्रोतका अनुसार दुबै अध्यक्षले बोलाएको बैठक भएका कारण उनको उपस्थिति रहने भएको हो ।
यसअघि ओलीको सहमतिबिना बोलाइएका बैठकमा उनी अनुपस्थित हुने गरेका थिए । बादल श्रोतका अनुसार पार्टी बिधान अनुसार बोलाइएको र बैठक चालु भएकाले उनको उपस्थिति निश्चित रहेको हो ।
बादललाई गृहमन्त्रीबाट फाल्न पटक पटक प्रचण्डले दबाब दिएको कुरो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलिले सार्वजनिक गर्नु र प्रचण्डले बोलाएको बैठकमा बादल नपुग्नुलाइ अन्यथा जोडेर प्रचार हुदै आएको थियो । नेकपाको एक श्रोतका अनुसार आजको बैठकमा प्रचण्ड, झलनाथ, माधव नेपाल, बामदेव, नारायणकाजी र बादल समेत गरी ६ भाइले भागलिने बताइएको छ ।


















