कोरोना संक्रमित विश्वभर ५ करोड ६५ लाख पुग्यो

75

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ६५ लाख नाघेको छ । बितेको २४ घन्टामा ६ लाख भन्दा बढी नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ६५ लाख ६३ हजार पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १३ लाख ५४ हजार ८ सय ६ को मृत्यु भएको छ । विश्वभर ३ करोड ९३ लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ५८ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १८ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५६ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८९ लाख ५८ हजार संक्रमितमध्ये एक लाख ३१ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ४७ हजार संक्रमितमध्ये एक लाख ६७ हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख ६५ हजार संक्रमित संख्यामध्ये ४६ हजार ६ सयको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

रुसमा १९ लाख ९१ हजार संक्रमितमध्ये ३४ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ४२ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४७ हजारको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख १२ हजार ९ सय १७ जना कोरोना संक्रमितमध्ये १२ सय ५९ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here