१६ जना कोरोना संक्रमितको मृत्यु

103

काठमाडौं- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विगत २४ घण्टायता १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगे कुल मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख कटेको छ। हिजाे ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको हो। नेपालमा १ हजार ९८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here