सकिमिला पुन्हि मनायाे, भूमि रहेमा मात्रै जात्रापात्रा पर्व, संस्कृति रहने : अध्यक्ष महर्जन

306

काठमाडौं – कामपा २१ पद्मसुगन्धमार्गस्थित रन्जित चुक पुचको आयोजनामा पहिलो पटक रन्जित चुकमा नेवार समुयदाहरुको मौलिक पर्व सकिमिला पुन्हि मनाएको छ ।

कार्यक्रमका अतिथि लाखे आजु ब्यवस्थापन  समाज सचिव राम रञ्जितले उपत्यकावासीहरुकाे संस्कृति खासै प्रचार नभएको जनाउँदै सरकारले परापूर्वकालदेखि  मनाउँदै आइरहेको जात्रा पर्वमा स्थानीय सरकारले  विदा  पर्नेमा जोड दिए ।   अतिथिका रुपमा  पाल्नु भएका योगा  प्रशिक्षक संजिव महर्जनले मानव जीवनमा योगाका माध्यमा शारिरीक, मानसिक रुपमा  सुस्वास्थ्य रहनका लागि  योगाका  महत्वबारेमा  धारणा राखे ।  कार्यक्रममा अतिथि नेपाल स्वयम् सेवक रक्तदाता समाज सचिव राजेश मानन्धरले कोरोना महामारीले गर्दा रगतको अभाव भइरहेकाले रक्तदान गर्न अनुरोध गर्दै  भने देशकै धराेहरकै रुपमा रहेकाे संस्कृति बचाई राख्न लागि उपत्यकाका गुथि संस्थाहरुले महत्वपूर्ण भूमिका खेलि रहेेेेकाे  जनाए ।

मातृभाषा सेवी सेवी राजु कपालीले सञ्चालन गरिएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनया अध्यक्ष  रिदेन महर्जनले भन्नु भयो  “राज्य सत्ताले नेवार समुदायलाई विकासका नाउँमा विनाश योजना ल्याइरहेकाले जसमा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।  गैरकानुनी रुपले खोकना, बालाजु  बाइपासमा डबल नेकपाकाे सडक विस्तार गरिरहेकाले यस बिषयमा तमाम  नेवार  समुदाय यस विरुद्ध अभिनु पर्नेमा जोड दिदै आफ्नो भूमि रहेको खण्डमा मात्रै जात्रा पात्रा पर्व, संस्कृति, सम्पदा रहने जनाए ।

जागरुक युवा समाजका सकृय सदस्य रितेश मल्लले नेपालभाषाको गीत गाएको कार्यक्रममा कार्यक्रममा अर्का अतिथि समाजकै सचिव सन्जय महर्जनले आजकलका युवा पुस्ताहरुले विर्सिदै गइरहेकोले यस्ता कार्यक्रमले संस्कृतिलाई पुर्नजिवित गराउनको मद्वत मिल्ने भएकाेले  कार्यक्रमकाे प्रशंसा गरे ।

सम्पदा अभियन्ताका साथै स्वतन्त्र अभियन्ता मनिश मानवले भाषा अभियन्ता तथा सम्पदाअभियन्ताहरुलाई  अालाेचना मात्रै  गर्नु भन्दापनि  उनीहरुबाट केहि सिकेर सकारात्मक दृष्टिकोणबाट साथ दिनु पर्ने धारणा राखे ।

कार्यक्रममा  बिराज उपाध्याय, बिभुती मानन्धर,  दमोदर कारन्जितले पनि  आ—आफ्ना धारणा राखेको कार्यक्रममा  सभा अध्यक्ष  सुमित रञ्जितका अनुसार  केक काटेर  जन्मदिन मनाउने परम्पराले ठाउँ लिइरहेको  बेलामा  हाम्रा पूर्खाको बैज्ञानिक रुपले मनाइ आइरहेको परम्परागत संस्कृति सकिमिला पुन्हि लगायत  विविध  धार्मिक, सांस्कृति महत्व भएका संस्कृतिलाइ  संरक्षणका साथै भावी पुस्ता हस्तारण गर्नु पर्ने भएकाले  यस कार्यक्रमको  आयोजना गरिएको धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here