एजेन्सी – बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।
हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको निधनको समाचारलाई पुष्टि गरेको छ ।
उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।

















