कोरोना नियन्त्रणका लागि सरकारलाई डेमोक्रेटिक लयर्स एसोसिएसनको १७ बुँदे सुझाव

174

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति नेपाल नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले असन्तुष्टि जनाएको छ ।

एसोसिएसनले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना असन्तुष्टिसहित १७ बुँदामा सुझाव समेत प्रस्तुत गरेको छ । विज्ञप्तिमा संकटको यसघडिमा पनि सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाइएको छ ।

विज्ञप्तिको पूर्ण पाठ

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणले भयावह रुप लिई विश्वमा हजारौको संख्यामा ज्यान गुमाई विश्वी नै यस महामारीको सन्त्राशबाट गुज्रीरहेको अवस्थामा नेपाल सरकारले कोरोना भाइरस (COVID-19)  सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा लिएको कदम प्रति यस नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशनको ध्यान आकृष्टण भएको छ ।

सर्वप्रथमतः COVID -19 को रोकथाम र नियन्त्रणमा सिमित साधन र श्रोतका वावजुद पनि उच्च मनोबलका साथ खटिनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहनु भएका महानुभावहरु प्रति नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन  उच्च सम्मान गर्दछ ।

“म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु तपाईहरु पनि घरमै बस्नुहोस् ” भन्ने आदर्श वाक्यले जनतालाई घर भित्र Lock down गरेर मात्र यस महामारीको रोकथाम, नियन्त्रण तथा उपचार भई यस संक्रमणको त्रासदीपूर्ण स्थिती नियन्त्रण हुन सक्दछ भन्ने भ्रममा नपर्न समेत सरकारसँग यस नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन आग्रह गर्न चाहन्छ ।

अनिश्चि।तकालिन रुपमा लम्बिएको Lock Down ले मानविय जिवनका बिभिन्न क्षेत्रमा परेको क्षतिलाई कष्टतकर रुपमा सहन गर्दै जनताले रोग बिरुद्ध लड्न सरकारका कदमहरुमा ऐक्यवद्धता देखाई राज्यलाई सहयोग गरिरहेको अवस्थामा पनि आज सरकार जनतालाई दास सम्झेर एकाधिकार जमाई CORONA संक्रमणलाई अवसरको रुपमा लिई भ्रष्टाचारको पराकाष्टा नाघिरहेको अनुभुति गरिरहेका छन् । जनता सक्षम तथा लोकतान्त्रिक सरकारबाट देश सञ्चालित छ भन्ने साच्चै महसुस गर्न चाहन्छ । तसर्थ  यस  COVID-19 को भयावह स्थतिलाई नियन्त्रणमा लिनको लागि यस नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन अविलम्ब निम्न कार्य गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

१.    Lock down को समय अनिश्चित रुपमा लम्बिदै गएको अवस्थामा दैनिक उपभोग्य सामानको अभावमा जीवन कष्टnकर बन्दै गएकोले सर्वसुलभ रुपमा यथोचित आपूर्ति ब्यवस्थापन गरी सो को अनुगमन गरियोस् ।

२.    बजार ब्यवस्थापन गर्ने निउँमा स्थानिय निकायले अति आवश्यक सामाग्रीको किनबेचका लागि अवाञ्छित रुपमा समयावधी तोकिंदा भिड बड्न गएकोले बजार ब्यवस्थापन सहजताका लागि तुरुन्तै पहल गरियोस् ।

३.    राहत बितरणमा मिडियावाजी गरी सस्तो लोकप्रियता हाँसिल गर्ने तर्फ भन्दा राहतको दुरुपयोग नगरी बास्तविक खाँचोमा परेका व्यक्तीहरुको पहिचान गरी पारदर्शी रुपमा बितरण गरियोस् ।

४.    जनताले अनावश्यक रुपमा कालोबजारीको चपेटालाई ब्यहोर्नु परेकोले यस तर्फ बिशेष रुपमा अनुगमन गरी यस अपराधमा संलग्न अपराधीलाई कडा कार्वाही गरियोस् ।

५.    COVID -19 को रोकथाम खटिनु भएका सुरक्षाकर्मीलाई अनावश्यक बल प्रयोग नगरी संयमित भई प्रेरणादायी ढंगबाट कार्य गर्न तत्काल निर्देशन जारी गरियोस् ।

६.    देश संक्रमणको अवस्थाबाट गुज्रीएको बेला आफ्नो ब्यवसायिक कर्तब्य तथा मर्यादाबाट च्यूत हुने निजी अस्पताल, राजिनामा दिने तथा बिरामी उपचार लगायतका कार्यमा कर्तब्य पालन नगर्ने स्वास्थ्यकर्मीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याईयोस् ।

७.    अत्यावश्यक सेवा प्रदायक संस्थाको रुपमा रहेको निजी अस्पताल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सरोकारवाला श्रमिक (एम्बुलेन्स चालक, अस्पतालका बिभिन्न दर्जाका प्रशासनिक कर्मचारीहरु), पत्रकारहरुको मनोवल उच्च राख्न हौसलात्मक कार्यक्रमहरु ल्याउने, मनोसामाजिक परामर्श दिने, व्यक्तिगत सुरक्षा, बिमा, सेवा र सुविधामा बृद्धि गर्न सशक्त रुपमा पहल गरियोस् ।

८.    देश फर्कन चाहने बिदेशमा रहेका र सीमानामा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल प्रवेशमा वैधानिक रुपमा प्रतिबन्ध (Lock down) लगाईएकोले अवैधानिक बाटो प्रगोग गरी नेपाल प्रवेश गरी रहेको हुंदा महामारी झन् फैलिने सम्भावनालाई दृष्टिचगत गरी निजहरुलाई तत्काल देश प्रवेश गर्ने सहज बातावरण श्रृजना गरी स्वास्थ्य सुरक्षाको लागि बिशेष ब्यवस्था गरियोस् ।

९.    कारागार तथा हिरासतमा राखिएका कैदी तथा बन्दीहरु समेतको आधारभूत स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सामाजिक दुरी कायम राख्ने हेतु तत्कालै शर्त सहित तथा शर्त रहित रुपमा निजहरुलाई रिहाई, सजायँ स्थगित तथा अन्य उचित ब्यवस्थापन गरियोस् ।

१०.    कोरोना भाइरस (COVID-19) को संक्रमणकबाट सुरक्षित हुन PPE, Mask तथा Sanitizer लाई सर्वसुलभ बनाई सरकारी तथा निजी क्षेत्रका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ताहरुलाई प्राथमिकतामा राखियोस् ।

११.    Quarantine मा रहेका ब्यक्तिहरुको Swab परिक्षण गर्दा Sampling Method प्रयोग गरी सरकार निष्कर्शमा पुगेको देखिएकोले यस प्रक्रियाले नकारात्मक परिणाम आउन सक्ने सम्भावनालाई दृष्टिणगत गरी यसरी Quarantine मा बस्ने सबै तथा Lock Down मा घरमा बसिरहेकाहरुको घर-घरमा पुगी हरेक नागरिकहरुको Swab परिक्षणको  वातावरण श्रृजना गरी COVID-19 को प्राबिधिक परिक्षणलाई प्रभावकारी  बनाउने ब्यवस्था मिलाईयोस् ।

१२.    Quarantine बाट भाग्नेको संख्या बृद्धि भएको तथा Rapid Test को Report बाट CORONA नदेखिएको भनि ढुक्क भएको अवस्थालाई दृष्टीeगत गरी COVID-19, Quarantine, Isolation, Rapid Test तथा पी.सी.आर. [Polymerase Chain Reaction (PCR)] मेसिन द्धारा गरिएको जाँचको शुद्धता सम्बन्धमा जनचेतना अभिबृद्धिमूलक कार्यक्रम तुरुन्तै संचालन गरियोस् ।

१३.    नेपाल सरकारले Quarantine तथा Isolation मा राखेका ब्यक्तीहरुलाई WHO को मापदण्ड अनुरुप सुबिधा तुरुन्तै उपलब्ध गराईयोस् ।

१४. CCMC (COVID-19 Crisis Management Center) को तोकिएको कार्यक्षेत्र भित्र रही तोकिएको कार्यादेशलाई सशक्त रुपमा कार्यान्वयन गरियोस् ।
१५.    सम्मानित सर्वोच्च अदालतबाट भएको मिति २०७६/१२/२४ तथा २५ मा भएको (0७६-WO-०९३२), (0७६-WO-०९३३), (०७६-WO-०९३४), (0७६-WO-०९३५),  (०७६-WO-०९३६) लगायतको आदेशको तत्कालै कार्यान्वयन गरियोस् ।
१६.    अनिश्चिततकालिन रुपमा लम्बिएको Lock Down ले निस्सासिएर रहेका नागरिकहरु नया बर्ष, बिशु संक्रान्ति (सुदुर पश्चिम प्रदेश) लगायतका धार्मिक, रितीरिवाज तथा परम्पराको नाममा जात्रा तथा पर्वहरुमा भिडभाड गरी Lock Down तोड्ने सम्भावनालाई कडा निगरानी गरी चेकजाँचको दायरा बढाउन नागरिक समाज, स्थानिय तथा प्रदेश सरकारलाई निर्देशन जारी गरियोस् ।
१७.    Lock down को समयमा पनि अदालतमा न्याय सम्पादनका आंशिक कार्य भई रहेकोले कानून ब्यवसायीहरु तथा बिभिन्न समाचारहरु संकलन तथा सम्प्रेाषण गर्न संचारकर्मीहरु कुनै पनि समयमा नेपाल भर आवतजावत गर्नु पर्ने अवस्था रहेको हुँदा कानून ब्यवसायी तथा संचारकर्मीहरुको  परिचयपत्रको आधारमा सवारी साधन सहित आवतजावत गर्न अनुमती दिनको लागि निर्देशन जारी गरियोस् ।
अन्तमा, आज मुलुक संकटको अवस्थाबाट गुज्रिरहेको छ, तसर्थ आ-आफ्नो तह र तप्काबाट एक अर्काको सहयोग गरी हामी एक हौ भन्ने भावना प्रत्याभूती गर्न नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन सबै नेपालीहरुमा हार्दिक अनुरोध गर्दछ ।
लक्ष्मीदेबी दाहाल रावल
महासचिव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here