तलब फिर्ता गर्न रेडक्रसका पदाधिकारीलाई निर्देशन

84

काठमाडौं-नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्।परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो। अध्यक्ष सञ्जीव थापासहितका सबै पदाधिकारीले महिनावारी तलब लिएको देखिएको छ।

नेपाल रेडक्रसको अनियमितताबारे गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई तलबबापत लिएको रकम जिल्ला रेडक्रसमा फिर्ता गर्न पत्रचार गरेको थियो। तर उनीहरूले नियमसंगत रूपमा लिएका कारण रकम फिर्ता नगर्ने जवाफ दिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।

रेडक्रसबाट नियमित रूपमा तलब लिनेमा अध्यक्ष थापा, महामन्त्री देवरत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, केन्द्रीय सदस्य अजितकुमार शर्मा र भरत खवास रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडांैले साउन २७ मा रकम फिर्ता गर्न पत्र पठाएको थियो।

प्रशासनले गरेको छानबिनको प्रतिवेदनसहित उनीहरूलाई सो पत्र पठाएको स्रोतले जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here