काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ७१९.४८ प्रतिशतले बढेको छ ।
खुद नाफा
कम्पनीले गत आवको अन्त्यसम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीको नाफा ५४ लाख २८ हजार रुपैयाँमा सीमित थियो ।
खुद आम्दानी
कम्पनीले बिक्रीबाट ३५ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.७३ प्रतिशतले बढी हो ।
सञ्चालन आम्दानी/सञ्चालन मुनाफा
कम्पनीको अन्य सञ्चालन आम्दानी ७० लाख ९७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
रिटेन्ड अर्निङ
गत आवको चौथो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ बढेर २४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी
कम्पनीको प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ पुगेको छ ।
प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ।

















