३१ जना यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले मागे क्षमायाचना

58

काठमाडौं ।  दुबई जान टिकट काटिसकेका ३१ जना यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमायाचना गरेको छ।

एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेको हो। छुटेका यात्रुहरुलाई वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउने नेपाल एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले भनेको छ, ‘यात्रुहरुको उपलब्ध भएको इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत् सेड्युल परिवर्तन भएको जानकारी गराइएकोमा २७४ यात्रुमध्ये केही यात्रुहरु उक्त उडानमा छुट हुन गएको पाइएकोले यसबाट यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आज मिति ३० नोभेम्बर, २०२३ मा उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाइएको जानकारी गराइन्छ।’

यात्रु छुटेको विषयमा आन्तरिक छानबिन गर्न निर्देशन दिइएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बुधबार राति नेपाल एयरलाइन्सको विमानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर दुबई उड्दा ३१ जना यात्रु काठमाडौँमै छुटेका थिए। प्रधानमन्त्री दाहाल गएराति ९ बजे कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका थिए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here