सांसद्ले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी धानेको जनाए

34

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसद्ले धानेको जनाएका छन्।

आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै उनले यस्तो जनाएका हुन्।

संसद्‍मा सरकारको उपस्थिति र जनताको  लागि डलिभरी सिन्डिकेट प्रणालीले ध्वस्त बनाएको उनले बताएका हुन्।  संसद्का समितिमा स्वतन्त्र सांसद्हरूलाई अलग्याइएको र यसरी संसद् चल्न नसक्ने उनको धारणा छ।

देशमा शिक्षा स्वास्थ्यमा सिन्डिकेट छ। संसद्‍मा पनि सिन्डिकेट छ, यो  विचार प्रतिनिधित्व गर्ने थलो हो। संख्याको प्रतिनिधित्व गर्ने मात्र थलो होइन भन्ने बुझ्न जरुरी रहेको उल्लेख गरे।

‘अहिले पनि कर्मकाण्डी रुपमा देश चलाउँछु भन्ने मानसिकता छ। अब जनता चनाखो भइसके। अब जनताले हरेक कुराको मूल्यांकन गर्न सक्छन्। संसद्का समितीमा दलहरू कुनै पनि विषयमा बोल्न नसक्ने। धन्न संसद् भवन स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विषयमा बोलेको कारण संसद्को गरिमा बढेको छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here