गुल्मीमा बाबुले छोराको नाक हसियाँले काटिदिए

41

काठमाडौं ।  गुल्मीमा बाबुले छोराको नाक हसियाँले काटिदिएका छ्न्।

जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसिँयाले काटीदिएका हुन्।

गए राति करिब १ बजेको समयमा घरयासी विवादका क्रममा बाबुले हसियाँले छोराको नाक काटिदिएका हुन्। नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।
नाक काट्ने बाबुलाई प्रहरीले घटनस्थलबाटै नियन्त्रणमा लिएको छ।  घाइते छोरालाई गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here