कोटेश्वरमा चक्कु प्रहार

316

काठमाडौं / राजधानीको कोटेश्वरमा चक्कु प्रहार भएको छ। कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन्।

महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुवै पाकेटमार हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here