नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका छन्।
‘आत्महत्या बढ्नु समाजका लागि निकै घातक विषय हो, त्यसमा पनि प्रहरीमा यस किसिमको आत्महत्या देखिनु सामान्य विषय हुँदै होइन,’ उनी भन्छन्, ‘जो सार्वजनिक शान्तिसुरक्षामा खटिन्छ, अपराध निवारण र अनुसन्धानमा खटिन्छ, त्यो संगठनभित्रका कर्मचारी यत्रो संख्यामा आत्महत्या गरिरहेका छन् भन्ने बुझ्नुपर्छ, स्थिति भयावह छ।’
त्यसभन्दा माथिल्लो ओहदामा ११ जना वरिष्ठ सई, ५४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), १८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी), ६ जना प्रहरी उपरीक्षक (एसपी), दुई एसएसपी र एक डिआइजीले असमयमै स्वेच्छिक अवकाश लिएका छन्।
स्वेच्छिक राजीनामा दिने मात्रै छैनन्, ड्युटी छाडेर सम्पर्कविहीन हुने प्रहरी कर्मचारीको दर पनि उस्तै छ। प्रहरी प्रधान कार्यालयले त्यस्ता कर्मचारीका लागि बेलाबेला सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन आह्वान गरिरहन्छ। असमयमै जागिर छाड्ने यो लर्कोले प्रहरी संगठनभित्र बढ्दो असन्तुष्टि देखाउने पूर्वडिआइजी मल्ल बताउँछन्।
‘प्रहरी कर्मचारीमा धेरै असन्तुष्टि छन्। पेसागत व्यस्तताले व्यक्तिगत र पारिवारिक जीवनमा कैयौं समस्या सिर्जना भएका छन्,’ मल्ल भन्छन्, ‘तिनै असन्तुष्टि र समस्याले असमयमै जागिर छाडिरहेकाहरू धेरै छन्। तनाव झेल्न नसक्नेहरू मानसिक रोग पालेर बस्छन्, कोही आत्महत्यासम्म पुग्न थालेका छन्।’ यो समाचार नागरिक दैैनिकमा छ ।
















