काठमाडौं – रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट करिब ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानरगपालिका-११ देवीनगर बस्ने २० वर्षीय पदम थापा र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्दा
उनीहरुको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
दाङकाे गढवा गाउँपालिका-१ जुरौनी बस्ने ३२ वर्षीय गफुर मियाँ लगायत ६ जनालाई करिब ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















