एजेन्सी / कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापानको हार भएको छ ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले हारेको हो । चिलीको जितमा इडुआर्डो भर्गासले दुई गोल गरेका थिए । त्यस्तै, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरेका थिए ।
पहिलो हाफमा एक गोलले अगाडि रहेको चिलीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४१औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफसम्म १–० गोलले अगाडि रह्यो ।
पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन गर्यो । भर्गासले खेलको ५४औं मिनेटमा गोल गर्दै २–० गोलले अगाडि रह्यो । त्यसपछि खेलको ८२औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलले अगाडि रह्यो । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पार्न सफल भयो ।


















