इस्लामावाद / पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल सजाय सुनाइएको छ।
पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था नेशनल अकाउन्टिबिलिटी ब्यूरोले आइतबार अल-अजिजिया स्टील मिल्स काण्डमा उनलाई दोषी ठहर गरेको हो।
यो भन्दा पहिले जुलाइ महिनामा शरीफसहित उनकी छोरी र ज्वाइलाई जेल पठाइएको थियो। पछि इस्लामावादको उच्च अदालतले शरीफलाई लगाइएको भष्ट्राचारको मुद्दामा आवश्यक प्रमाण नजुटाएको भन्दै शरीफलाई जेलमुक्त गर्न आदेश दिएको थियो।
















