श्रृंखलालाई ‘छक्का पञ्जा ४’ अफर, जवाफ यस्तो –

255

हिरोइनको रुपमा कहिल्यै नआउने उद्घोष गरिसकेकी २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडालाई फिल्म अफर आएको छ । ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृंखलालाई फिल्म अफर गरेकी छन् । उनले फिल्म ‘छक्का पञ्जा ४’ अफर गरेकी हुन् ।

हालै सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी अहिले सबैको माझ चर्चित एंव लोकप्रिय बन्दै गएकी छिन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ मा अतिथीको रुपमा पुगेकी श्रृंखलालाई कार्यक्रमको छायांकन सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपाश्रीले उनको सुन्दरता र बोलीचालीको प्रशंसा गर्दै ुछक्का पञ्जाु अफर गरेको जनाइन् ।

श्रृंखलाले भने धन्यवाद दिँदै भनिन्, ‘फिल्मको पहिलो शो हेर्न चाहिँ आउँछु तर फिल्म गर्दिनँ ।’

श्रृंखलालाई फिल्म नगरे पनि समाजसेवामा सँधै सक्रिय रहेर समाजसेवामार्फत् देशको एक उदाहरणीय हिरोइन बन्न दीपाश्रीले आग्रह गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here