काठमाडौं/ नेपाली सेनाको प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिने भएपछि कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ ।
थापाले सैन्य मुख्यालयको जिम्मेवारी भोलि बिहिबारदेखि सम्हाल्नेछन् ।
अवकाशपूर्व एक महिना विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखि नै विदामा बस्ने भएका छन् ।

















