फेब्रुअरीमा फिफा क्लब विश्वकप हुने

75

एजेन्सी – कोरोना महामारीका स्थगित भएको फिफा क्लब विश्वकप आगमी फेब्रुअरीमा हुने भएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले निकालेको नयाँ तालिकाअनुसार फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा आयोजना हुनेछ ।

प्रतियोगिताको खेलहरू सन् २०२२ मा आयोजना कतार विश्वकपको खेल हुने तीन रंगशालामा हुनेछ । जसमा अहमद बिन अली, खलिफा इन्टरनेसनल र एजुकेसन सिटी स्टेडियम रहेका छन् । फिफा क्लब विश्वकपमा ६ महादेशका टिमलाई समावेश गरिनेछ ।

प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ । उद्घाटन खेलमा कतारी क्लब अल दुहैल र अक्ल्यान्ड सिटीबीच प्रतिस्पर्धा हुनेछ । समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ । प्रतियोगितामा यूईएफए च्याम्पियन्स लिग विजेताको रूपमा जर्मन क्लब बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता इजिप्टको अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता कोरियन क्लब उल्सान हुन्डाई रहेका छन् ।

यस्तै, कन्काफ च्याम्पियन्स लिग विजेता मेक्सिकन क्लब टिग्रेस यूएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओएफसी महादेशबाट न्युजिल्यान्डको अकल्याण्ड सिटीले सहभागीता जनाउनेछन् । दक्षिण अमेरिकी महादेशबाट छनोट हुन बाँकी रहेको छ ।

गतवर्ष इंग्लिस क्लब लिभरपुल च्याम्पियन बनेको थियो । स्पेनिस क्लब रियल म्याड्रिडले सर्वाधिक चारपटक फिफा क्लब विश्वकप जितेका छन् । रियलले २०१६ देखि २०१८ सम्म लगातार तीनपटक उपाधि जितेको थियो । त्यसपछि क्याटलान क्लब बार्सिलोनाले तीनपटक जितेका छन् । ब्राजिली क्लब कोरियन्थसले दुईपटक, साओपाउलो र नासिनोलले समान एकपटक जितेका छन् । इटालियन क्लब एसी मिलान र इन्टर मिलानसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि समान एकपटक उपाधि जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here