प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

97
जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याए । गरीबी र अशिक्षा उन्मूलन गर्नुपर्नेमा सरकार त्यसतर्फ नलागेको उनले आरोप लगाए । पार्टीभित्र आलोचना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको र बैठक बहिष्कार गर्दै गई पार्टीमा समस्या देखापरेको उनले बताए ।

पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उनको भनाइ थियो । पार्टी एकीकरणको बाँकी कामलाई सम्पन्न गरेर मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए । कुनै पनि प्रधानमन्त्रीले मनखुशी प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार संविधानबाट हटाइसकिएको उनले प्रष्ट पारे ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here