काठमाडौ, ऋषि कट्टेल नेतृत्वके नेकपाले निर्वाचन आयोग विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । निर्वाचन आयोगमा आफ्नो दलको नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाम विधिवत् रुपमा निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिएको भन्दै उक्त दलले आयोगको कदमका विरुद्ध सर्वाेच्च जाने निर्णय गरेको जनाएको छ ।
नेकपाले बिहीबार सर्वोच्च अदालतमा गई मुद्दा दर्ता गर्ने जनाएको छ । निर्वाचन आयोगले नेकपा नाम आयोगमा दर्ता भएकै अवस्थामा केही समय अघी नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको नाम आधिकारिक रुपमा आयोगमा दर्ता गरेको थियो ।


















