बीओके र लुम्बिनी बैंक मर्ज हुने

905

काठमाडौं/ बैंक अफ काठमाण्डू (बीओके) र लुम्बिनी बैंक एकआपसमा गाभिने भएका छन् । राष्ट्र बैंकले चुक्ता पुाजी वृद्धि गर्न दिएको निर्देशनअनुसार यी दुवै बैंक मर्ज हुने निर्णयमा पुगेका हुन् ।
उक्त मर्ज हुने सम्झौतापत्रमा बैंक अफ काठमाण्डुका तर्फबाट अध्यक्ष सत्यनारायण मानन्धर र सञ्चालक प्राडा हेमराज सुवेदीले हस्ताक्षर गरेका छन् भने लुम्बिनी बैंकको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठ र सञ्चालक सुवर्णलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जपश्चात् बन्ने बैंकको नाम बैंक अफ काठमाण्डू लुम्बिनी राखिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here