पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिए

99

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित छन्।  गत २४ घण्टामा १ हजार ९ सय जनाको पिसिआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १३ हजार ५ सय ४९ पुगेको छ।   गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८१ जना क्वारेन्टाइनमा छन्।   गत २४ घण्टामा १ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ र प्रदेश २ मा कुनै संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ३० आइसियु र १४ भेन्टिलेटरमा, गण्डकीमा ४ जना संक्रमित मात्र आइसियुमा छन्।

लुम्बिनी प्रदेशमा २० जना संक्रमित मात्र आइसियुमा छन्।   कर्णाली प्रदेशमा २ जना मात्र आइसियुमा छन्। सूदुरपश्चिम प्रदेशको कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here