बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेकाेे छ : प्रम ओली

195

बुटवल  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको यात्रामा अघि बढेको जनाउनुभएको छ । शनिबार बुटवलमा लुम्बिनी केवलकार आयोजनाको शिलान्यास गर्दै उहाँले बिकास निर्माणका कामहरु रफ्तारमा अघि बढेको जनाउनुभयो ।
बिकास निर्माण अभियानमा ढिलाई गर्न नहुने चर्चा गर्दै प्रधानमन्त्री ओलीले केबुलकार निर्माणले लुम्बिनीको आर्थिक र पर्यटन क्षेत्रमा फड्को मार्ने उल्लेख गर्नुभयो । उक्त आयोजना समयमै निर्माण सम्पन्न हुने बिश्बास ब्यक्त गर्दै त्यसका लागि सरकारका तर्फबाट सबै सहयोग हुने उल्लेख गर्नुभयो ।
तीन अर्ब ५२ करोड रुपियाँ लगानीमा बन्ने लागेको केबुलकार दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका अध्यक्ष चन्द्र ढकालले जानकारी गराउनुभयो ।
सो अबसरका अर्थमन्त्री बिष्णु पौडेल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले पनि बोल्नु भएको थियो ।  प्रधानमन्त्री ओलीले आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुटवलमा आयोजना गर्ने बृहद सभालाई पनि सम्बोधन गर्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here