भारतप्रति आक्रोशित सुस्ताबासी, भत्काए गण्डक नहर

219

काठमाडौं– पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।

नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।

लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले जनाए ।

बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ । कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here