अमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप

77

एजेन्सीअमेरिकामा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। कोलोराडो राज्यका एक २० वर्षीय युवकमा कोरोनाको नयाँ स्वरुप फेला परेको हो। कोरोना भाइरसको नयाँ स्वरुप  सबैभन्दा पहिलो बेलायतमा देखिएको थियो।

कोलोराडोका ती युवकको कुनै यात्रा रेकर्ड छैन। हाल उनलाई स्थानीय अल्बर्ट काउन्टी प्रशासनले आइसोलेसनमा राखेको छ। विज्ञका अनुसार कोरोना भाइरसको नयाँ स्वरुप बढी संक्रामक छ। यो बेलायत, अमेरिकाबाहेक युरोपका विभिन्न देशमा पुगिसकेको छ। दक्षिण एशियाका भारत र पाकिस्तानमा पनि यो भाइरस देखा परिसकेको छ।

अमेरिकामा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुको संख्या पनि डरलाग्दो रहेको छ। सोमबार अमेरिकाका अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको संख्या १ लाख २१ हजार २ सय ३५ पुगेको थियो।

यसैबीच अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले डिसेम्बरको तुलनामा जनवरी अझ खराब हुनसक्ने चेतावनी दिएका छन्। विदामा यात्रा गर्नेहरुको संख्या अत्यन्तै बढेकाले जनवरीमा संक्रमण बढ्ने अनुमान गरिएको छ।

अमेरिकामा गतसातादेखि सोमबारसम्म औसतमा हरेक दिन १ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन्। ११ दिनभित्र एकैदिनमा सबैभन्दा धेरै २ लाख १९ हजार ३ सय २४ संक्रमित थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here